• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

टाउकोबाट रगत बगेको अवस्थामा एक व्यक्ति अचेत अवस्थामा फेला

टाउकोबाट रगत बगेको अवस्थामा एक व्यक्ति अचेत अवस्थामा फेला
फागुन २ गत्ते,धनुषा ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा एक व्यक्ति अचेत अवस्थामा फेला परेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका–५, बस्ने ४० वर्षका मनोज झा बुधबार बिहान साढे ५ बजे महेन्द्रनगरको सडकमै टाउकोबाट रगत बगेर अचेत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेर रगत आएको अवस्थामा सडकमै लडेका झालाई स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरलाई खबर गरेका थिए ।
बोल्न समेत नसक्ने अवस्थामा फेला परेका झालाई प्रहरीले उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


यसमा तपाईको मत