• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

३१ तोला चांदी सहित ३ जना पक्राउ

३१ तोला चांदी सहित ३ जना पक्राउ
रंजन भण्डारी
फागुन २ गत्ते,महोत्तरी
जिल्लाको सम्सी स्थित शसस्त्र प्रहरी चेकपोष्टले ३१.४ तोला चाँदीको पुरानो गहना सहित ३ जना भारतियलाई पक्राउ गरेको छ ।  ज६प ४२१४ नं.को सुजुकी मोटरसाईकलमा सवार भई भारततिरबाट नेपाल आउदै गरेको अवस्थामा शंकालागि चेकजाच गर्ने क्रममा चाँदी र नगद सहित उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा भारतको सितामढी वस्ने वर्ष २१ को अजय कुमार साह,वर्ष २२ को विक्की कुमार साह र सोहि ठाउ वस्ने वर्ष २८ को राजु साह रहेका छन । शसस्त्र प्रहरीले पक्राउ परेका तिनैजनालाई जलेश्वर भन्सार कार्यालय,मलिवारामा बुझाएको छ । उनीहरुसंग नेपाली रुपया ३४ हजार ४०० र भारतिय रुपया २१ हजार ३७० र एकथान मोबाईल समेत शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
 


यसमा तपाईको मत