• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

प्रदेश मुख्य सचिव शिव आरतीमा सहभागी

प्रदेश मुख्य सचिव शिव आरतीमा सहभागी
रंजन भण्डारी
फागुन २ गत्ते,महोत्तरी ।
 
विश्वकै एकमात्र जलभित्र विराजमान जलेश्वरनाथ महादेव शिव महालिंगको दर्शनसंगै प्रदेश २ का मुख्य सचिव रामेश्वर मान सिंह शिवआरतीमा सहभागी भएका छन ।
 
प्रत्येक सोमवार गरिने शिवआरती शिवरात्रीको विशेष अवसरमा जनकपुर गंगा सागरका पुरोहितबाट गराईएकोमा सो आरतीमा प्रदेश मुख्य सचिव आफ्नी श्रीमतिसंगै आरतीमा सहभागी भएका थिए । उहासंगै प्रदेश प्रहरी प्रमुख विजयलाल कायस्त समेत सहभागी भए ।
 
यता प्रदेशसभा सदस्यहरु रामअशिष यादव र रानी तिवारी शर्मा,जलेश्वरका नगरप्रमुख रामशंकर मिश्र र मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डलसंगै नागरिक समाज तथा सामुदायिक प्रहरी समेत शिव आरतीमा सहभागी भए ।
 
जलेश्वरनाथ मन्दिरलाई स्वच्छता र सरसफाईको प्रतिकको रुपमा विकास गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,जलेश्वर नगरपालिका र स्थानिय प्रसासन तथा सुरक्षा निकायसंगै सामुदायिक प्रहरी र नागरिक समाज समेतको संयुक्त प्रयासमा सुरु गरिएको शिवआरतीलाई निरन्तरता दिन आरती स्टेज बनाइएको र विस्तारै मन्दिर र वरिपरीका क्षेत्रलाई सफा,स्वच्छ र पर्यटकिय दृष्टीले मनमोहक बनाउने तयारी जलेश्वर नगरपालिकाले गरेको छ ।
 
आज समेत शिवरात्री मनाईदैः
 
नेपाल भरि मंगलवार नै शिवरात्री मनाईएपनि तिथीको हिसावले आज शिवरात्री रहेको भनि जलेश्वरनाथ महादेव मन्दिरमा आज समेत दर्शनार्थीहरुको घुईचो लागेको छ । मंगलवार मात्रै दुईलाख भन्दा वढी दर्शनार्थीले शिवलिंगको दर्शन गरेपनि आज समेत मन्दिरमा भिड वढदै गईरहेकोमा यसवर्ष तिनलाख भन्दा वढी दर्शनार्थीले शिवलिंगको दर्शन गर्ने अनुमान गरिएको छ ।
 
महाशिवरात्रीको लागि नेपाली सेना र नेपाली सेवा दल९एनसिसि०,शसस्त्र प्रहरी र सामुदायिक प्रहरीका साथै विभिन्न संघसंस्था ,युवा तथा वुद्धिजिवी सकृय भएका छन ।
 
हिजो र आज भाकल गर्नेहरुले भाटा र धानको भार समेत चढाएका छन भने शिवमाथी विश्वास गर्नेहरुले दण्डप्रणाम समेत गरेका छन ।
 
कुनै व्यक्तिले नभई स्वयं अनादी शक्ति स्वयम्भुका रुपमा रहेको पश्चिम भागमा अर्ध चन्द्रकार चिन्ह अंकित यस लिंगमा सर्व सिद्धि प्रदान गर्ने शक्ति रहेको छ । त्यसैले विभिन्न धार्मिक ग्रन्थहरुमा श्लोक लेखिएको छ ूजलेश्वरो महालिंग रुद्रेण स्थापितः स्वयमू । यस्तो ज्योतिर्मय शिवलिंगको दर्शन मात्रले मोक्षको प्राप्ती हुने जनविश्वासका साथ टाढा टाढाबाट दर्शनार्थीहरु आउने गरेका छन ।
 
यसरी दर्शन गर्न सकिन्छ शिवलिंगकोः
 
मन्दिर भित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिंग स्थापित छ । मन्दिर वारे विशेष जानकारी राख्ने प्रवुद्ध वर्गले वर्षौ पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरेपनि ति प्रयासहरु असफल भएकोमा नेपाली सेनाको सहयोगमा वाल्टीले नै जल निकालेर शिवलिंगको दर्शन गर्न थालिएको बताउछन ।
 
 केहि वर्ष देखि शसस्त्र प्रहरीले समेत नेपाली सेनासंगै पालो लगाई गुफाको जल निकाल्ने गरेको छ । प्रत्येक महिनाको पहिलो सोमवार र तेस्रो सोमवार एक पटकलाई गुफाको जल निकालिदै आइएको छ भने महाशिवरात्रीको दिन दुई देखि ३ लाख दर्शनार्थीले शिवलिंग दर्शन गर्ने गरि गुफाको जल निकालिने गरिएको छ । केहि शिवभक्तहरुले गुफा भित्र प्रवेश गरि शिवलिंग दर्शन गर्न जादा जलमा खुटटा लाग्ने र त्यसले शिवको अपमान हुने भन्दै गुफा भित्रै प्रवेश गरेर दर्शन गर्ने गरेका छैनन ।
 
शिवको मेलामा वैष्णो देवीको गुफा हेर्नेको भिडः
 
शिवरात्री विशेषको अवसरमा करिव २० लाखको लागतमा वैष्णो देवी गुफा बनाईएको छ । मिथिला परिक्रमाको समय सम्म रह्ने गरि निर्माण गरिएको सो गुफाको शुल्क ५० रुपया राखिएकोमा त्यसको ९ रुपया जलेश्वरनाथ मन्दिरलाई दिईने गुफा संचालिका अम्बिका भारतीले बताईन । यता  वालवालिकाको लागि विभिन्न झुलाको समेत बन्दोवस्त गरिएको छ ।


यसमा तपाईको मत