• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

नदी किनारमा फालिएकी नवजात शिशुको जीवितै उद्धार

नदी किनारमा फालिएकी नवजात शिशुको जीवितै उद्धार
फागुन २ गत्ते,महोत्तरी ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा नदी किनारमा फालिएको अवस्थामा १ दिनको नवजात बालिकालाइ जीवितै उद्धार गरिएको छ ।
सोनमा गाउँपालिका वडा नंबर – ४ गुलरीया जाने बाटोमा रहेको रुपनी नदीको किनारमा फालिएको बालिकालाई बुधबार गाउँलेहरुको सहयोगमा मंगरथानाका प्रहरीले उद्धार गरेको हो ।
बच्चा फालिएको सूचनाको अधारमा उद्धार गरिएको मंगरथाना प्रहरी चौकीको इन्चार्ज मनोज कुमार पासवानले जानकारी दिनुभयो । अहिले बच्चालाई सोनमा गाउँपालिका वडा नम्बर ६ मंगरथानामा रहेको उप स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बच्चा कसले फालेको भनेर खोजी भइरहेको प्रहरीले जानकारी दिएको हो ।
फाइलफोटो


यसमा तपाईको मत