• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

जनकपुरमा यसपाली सार्वजनिक स्थलमा भएन “भ्यालेन्टाईन डे”

जनकपुरमा यसपाली सार्वजनिक स्थलमा भएन “भ्यालेन्टाईन डे”
किरण कर्ण
फागुन २ गत्ते,जनकपुरधाम ।
प्रणय दिवसको अवसरमा जनकपुर स्थित जानकी चोकमा कुनै किसिमको कार्यक्रम नहुदाँ नवयूवा र यूवतीहरुलाई मात्र नभएर स्थानीयवासीहरुलाई समेत खल्लो महसुस गरेका छन् ।
जानकी मन्दिरको उत्तरी तर्फ रहेको अंगराज सर सागरको डिल छेउमै १५ देखि निरन्तररुपमा मनाईदैँ आएको भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस एकाएक नमनाउदाँ स्थानीयवासीहरु चकित भएका हुन् ।
डेढ दसक देखि प्रेम दिवसको रुपमा स्थानीय यूवाहरुको एक समुहले भव्यतापूर्वक डिजे बाजा सहित चोकलाई सजिसजाउ गरी नृत्यगान गर्दै प्रेमको प्रतिकको रुपमा रंगौली बनाएर विहानै देखि अबेर रातीसम्म नाचगान गर्दै मनोरञ्जन गर्ने गर्दथे ।
तर यसरी एकाएक कसैले नचिताएको कुरालाई एक्कासी इतिहासमा सिमित भएको स्थानीय सुमित मिश्र बताउछन् । उनी भन्छन्– जानकी चोकमा रहेको क्लबको अगुवाईमा डेढ दसकभन्दा लामो समय देखि हुदैँ आएको भ्यालेन्टाईन डेको लागि मञ्चहरु बनाउन यूवाहरु विहान जुटेपनि आफ्नो धर्म, सांस्कृतिक र पहिचान उपर विभिन्न किसिमको षड्यन्त्र भएकोले यसको दिवसको विरोध पछि एकाएक कार्यक्रमहरु स्थगित हुन पुगेको हो ।
प्रणय दिवसलाई युवा–युवतीको विशेष दिनको रुपमा यहाँ खै किन सम्झना गरिन्छ भन्दै स्थानीयवासी रौशन यादवले यस्ता खाले विकृति फैलाउने पश्चिमा मुलुकमा मनाईने यस दिवशलाई यहाँ त्यसरी नै मनाउन कठिन रहेको र यहाँ हाम्रो सभ्यतामाथिको आक्रमणको रुपमा रहेको बताए । त्यस्तै स्थानीय यूवा सुरेन्द्र मण्डल भन्छन्– तर पुर्वी सभ्यतावालले पनि यस दिवशलाई रङ्गिबिरङ्गि र चहटगर ढङ्गले किन मनाउछन् थाहा भएन, हामी माथि त दवाव पनि आयो त्यसैले प्रेम दिवस मनाएनौँ । 
जानकी चोकमा डेढ दसक देखि हुँदै आएको प्रणय दिवसको बारेमा जानकी यूवा क्लबका किसन मण्डलले भने यसपाली यस चोकमा मनाउदैँ आएको प्रणय दिवसको १६ वर्षको जोवन चढ्नै लागेको बेला कलिला जोवन नढल्काई नै आज भने यस वर्ष नमनाउने बताए । उनी भन्छन– यसपाली धर्म, सांस्कृतिक र राजनितिक अस्थिरताले धर्म निरपेक्षताको गलत अर्थ यहाँ लाग्ने गर्दो रहेछ त्यसैले यहाँ हुने गरेको र आजको प्रणय दिवश मनाउदा हामी माथी कृश्चियन धर्मको प्रचारकको रुपमा लिने गरेकाले यस वर्ष नमनाएको बताए । त्यस्तै यूवा अभियन्ता सुशिल कर्णले भने “हामी आफ्नो अधिकारको लागि संघर्ष गर्दा हामीले आफ्नो पहिचान, सांस्कृतिक र धर्मको ख्याल गर्नु नै पर्ने हुन्छ, त्यसैले पनि हामीले यसपाली नगर्न यूवाहरुलाई सल्लाह सुझाव सहित रोकेका हौँ । ताकि यस चिजको गलत अर्थ नलागोस् ।” 
विभिन्न किसिमको गलत र वाहियात आरोपबाट बच्नलाई पनि र आफ्नो मौलिकतालाई सांस्कृतिको रक्षाका निमित्त पनि यो दिवशलाई जानकी युवा क्बल र स्थानिय युवाहरुले आजको कार्यक्रम नगरेकोमा यसलाई सकारात्मकरुपमा लिनुपर्ने परिवर्तनका लागि युवा अभियानको संयोजक सुशील कर्णले बताए ।
केहि दिनपूर्व मात्रै भएको सरस्वती पूजामा आधुनिकताको नाममा माता सरस्वतीलाई स्कुटीमा बसालेर पुजापाठ गरेपछि कृश्चियन धर्मको प्रचार गर्नलाई हिन्दु धर्म विगार्ने प्रयास गरेको लगायतका आरोप समेत खेपेका जानकी चोकका स्थानीय यूवाहरुले आफ्नो पहिचान र सांस्कृतिको ख्याल पनि गर्ने गरेको भन्ने कुरामा सजग रहेको र यसलाई सकारात्मकरुपमा लिनुपर्ने मानवअधिकारकर्मी वीरेन्द्र कर्णले बताउनु भयो । 
यस कदमलाई भने स्थानीयवासीले समेत स्वागत गरेको छ ।

 



यसमा तपाईको मत