• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने

विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने
फागुन ४ गत्ते,काठमाडौं ।
 विश्वकप छनोट खेलका लागि छानिएको नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्कने भएको छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली शनिबार साझ ७ बजेर ५५ जाँदा त्रिभुवन विमानस्थल ओर्लने जनाइएको छ ।
विश्व क्रिकेट लिगमा नेपालले खेलेका मध्ये लिग चरणमा एक खेलमा मात्र हारेको नेपाल ८ अंक सहित शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि स्थान पक्का बनाएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दास्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । आफ्नो तेस्रो खेलमा युएईलाई हराएको नेपाल केन्यासँगको चौथो खेलमा पनि विजयी भएको थियो । लिग चरणको अन्तिम खेलमा क्यानडालाई नाट्किय रुपमा १ विकेटले हराएको नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहँदै विश्कप छनोट खेलका लागि छानिएको थियो । बिहीबार भएको फाइनल खेलमा भने नेपाल युएईसँग हारेको थियो ।
फाइनलमा हारेपनि प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपालका सन्दीप लामिछो भएका थिए भने धेरै रन बनाउने खेलाडी नेपालका पारस खडका भएका थिए ।
 


यसमा तपाईको मत