• :
  • :
    • On Air
    • Up Next

समाचार

आज भएको सहिद कप टी—२० क्रिकेट प्रतियोगितामा ओसिस एकेडमी कठमाण्डौ विजयी

जनकपुरधाम, फाल्गुन ०४
घनश्याम मिश्र
नेपाल आईस सहिद कप टी—२० क्रिकेट प्रतियोगिता अन्तर्गत सातौँ दिनको खेलमा ओसिस एकेडमी कठमाण्डौ ४ विकेटले जीत हातपारेको छ।
 
टस जितेर ओसिस एकेड़मी कठमाण्डौले बलिंग रोजेको थियो । ब्याटिंग गर्दे भैरहवा  २० ओवर मा ९ विकेटको क्षतिमा ११७ रन बनाएको थियो भने कठमाण्डौ १५.४ ओवरमा ६ विकेटको क्षतिमा ११८ रन बनाउन सफल भयो ।
 
२२ वलमा ३० रन बनाएका तथा ४ अभरमा मात्र ११ रन खर्च गरी ४ विकेट लिएका काठमाण्डौका राजेश पुलामी मगर मैन अफ दी मैच घोषित भए ।
 
शनिबार दुईवटा सेमीफाइनल खेल हुने आयोजकले जनाएका छन्।
 
पहिलो सेमीफाइनल बिहान ९ बजे देखी विराट क्रिकेट सोसाइटी(विराटनगर) तथा ओसीस एकेडमी (काठमाण्डौ) सँग हुनेछ भने दिउँसो १ बजे देखी युनाइटेड क्रिकेट क्लव (वीरगंज) तथा आर.रेजिमेंट (दरभंगा) बिच दोस्रो सेमीफाइनल हुने आयोजक टोलीले जानकारी दिएका छन् ।
Image may contain: 14 people, people standing and outdoor
 
फाईनल म्याच फाल्गुन ६ गते आईतबार हुनेछ ।
Image may contain: one or more people, people playing sport, stadium, basketball court and outdoor
 


यसमा तपाईको मत