• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

सहिद कप टि—२० प्रतियोगितामा विराटनगरको सानदार जीत

सहिद कप टि—२० प्रतियोगितामा विराटनगरको सानदार जीत
मिथिलाञ्चल समाचारदाता
फागुन ६ गत्ते,जनकपुरधाम ।
नेपाल आइस सहिद कप टि—२० प्रतियोगिता माथि विराट क्रिकेट सोसाइटी विराटनगरले जमायो कब्जा ।
 नेपाल आइस सहिद कप टि—२० प्रतियोगिता अन्तर्गतको आज जनकपुरको रंगभूमि मैदान बाह्रविघामा भएको फैनल म्याचमा विराट क्रिकेट सोसाईटी विराटनगरले आर.रेजिमेंट दरभंगालाई पराजीत गरेको छ ।
विहान ११ बजेदेखि सुरु भएको खेलमा टस जितेर ब्याटिगं रोजेको दरभंगा ९० रनमै अलआउट भई चित बुझाएको थियो भने जबावमा उत्रेको विराटनगरले १५.४ ओभर खेल्दै ४ विकेटको क्षतिमा ९१ रन बनाई जीत आफ्नो पक्षमा पारेको छ ।
६विकेटले जीतेको विराटनगरको तर्फबाट सुनिल धमला प्लेअर अफ दि म्याच घोषित भएका छन । धमलाले २ चौकाको सहयोगमा १५ ओवर खेल्दै १६ रन बनाएका थिए । त्यस्तै मिनस थापा ३ चौकाको सहयोगमा १८ रन,दीपेन्द्र चौधरी १७ बलमा १७ रन,मञ्जित श्रेष्ठ ४ रन, फिर्दोस असांरी नटआउट १४ रन ,कुशल भुर्तेल नटआउट ७ रन तथा बनाएका थिए ।
इता आर रेजिमेंट दरभंगाका तर्फ बाट पवन कुमारले २ विकेट र अभिषेश सिंहले २ विकेट लिएका थिए ।
आर रेजिमेंट दरभंगाका तर्फबाट रजनिश गौरब सर्वाधिक ३६ रन,अमित सिंह ११,अभिशेष सिंह १२,आशुतोष सिंह नटआउट १२ रन बनाएका थिए भने अन्य कुनै पनि खेलाडी दोहोरा अंक बनाउन सकेन ।
विराट क्रिकेट सोसाइटी विराटनगरका तर्फबाट सुनिल धमला सर्वाधिक ४ विकेट लिएका थिए भने मनोज मंडल ३,सद्दाम अख्तर २ विकेट र आर्सनल अख्तर १ विकेट लिन सफल भएका थिए ।
 
क्रिकेट टुर्नामेन्टमा दरभंगाका पवन कुमार ब्ोस्ट फिल्डर , विरगंज क्लबका रशिद खान बेस्ट बलर 
प्रदेश सभा सदस्य परमेश्वर साह,अभिराम शर्मा तथा न्यु होराइजन क्रिकेट क्लबका कुशल मल्ल बेस्ट बैट्समैन घोषित भए ।
विजेता टिम विराटनगरलाई १ लाख ११ हजार नगद ,ट्रफि,सिल्ड तथा प्रमानपत्र प्रमुख अतिथि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको हाथबाट प्रदान गरियो ।
त्यस्तै दोस्रो भएको टिम दरभंगालाई  ५५ हजार नगद,ट्रफि,सिल्ड तथा प्रमानपत्र प्रदान गरिएको थियो ।
 


यसमा तपाईको मत