• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

मन्त्रालय १७ मा सिमिति गर्ने, प्रधानमन्त्रीको राजनीतिक सल्लाहाकारमा रिमाल

मन्त्रालय १७ मा सिमिति गर्ने, प्रधानमन्त्रीको राजनीतिक सल्लाहाकारमा रिमाल
फागुन  ११ गत्ते,काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक सल्लाहाकारमा नेता विष्णु रिमाललाई नियुक्त गरेका छन् । मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले रिमाललाई सल्लाहाकारमा नियुक्त गरेको हो । रिमाल प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाहाकार थिए । कानुनी सल्लाहाकारको रुपमा रहने महान्याधिवक्तामा पूर्व कानुनमन्त्री अग्नी खरेल नियुक्त भएका छन् भने प्रेस सल्लाहाकारका आकांक्षी धेरै भएकाले ओलीले कसलाई नियुक्त गर्ने भन्ने टुंगो लगाएका छैनन् । श्रोतका अनुसार ओलीको प्रेस सल्लाहाकार बन्न बरिष्ठ पत्रकार कुन्दन अर्याल, पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउले, महेन्द्र विष्ट, कान्तिपूर दैनिकमा कार्यरत पत्रकार बालकृष्ण बस्नेत, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायत लागिपरेका छन् । तर, प्रधानमन्त्री ओलीले नेता रघु पन्तलाइ सल्लाहाकार बनाउने संभावना रहेको बुझिएको छ । पन्त पुराना पत्रकार हुन्र । मन्त्रीपरिषदको वैठकले हाल कायम रहेका मन्त्रालयको संख्या घटाएर १७ ओटामा सिमित गर्ने निर्णय गरेको छ ।  
 


यसमा तपाईको मत