• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

नवलपरासीमा बस र ट्रक ठोक्किदा ३० घाइते, तीन जना गम्भीर

नवलपरासीमा बस र ट्रक ठोक्किदा ३० घाइते, तीन जना गम्भीर
फागुन  ११ गत्ते, नवलपरासी ।
नवलपरासीमा भारतीय ट्रक र यात्रुबहाक बस एक आपसमा ठोक्किदा ३० जना घाइते भएका छन् । घाइते मध्ये तीन जना गम्भीर छन् ।
सुनवल नगरपालिका(१२ हरकट्टामा शुक्रबार बिहान बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
काठमाडौंबाट बुटवल आउँदै गरेको लु२ख १६०५ नम्बरको यात्रुबाहक बसको टायर पड्केर बिपरीत दिशाबाट गुडिरहेको यु.पी.८३ ए.टी.३९६६ नम्बरको भारतीय ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइतेहरुको बुटवलको लुम्बिनी अञ्चल अस्पताल र जेनस हस्पिटलमा उपचार भइहरेको छ ।
अन्य समान्य घाइतेहरुको सामुदायिक अस्पताल भुमहिमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।
दुर्घटनामा परेका दुईवटै गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि केहिबेर पूर्बपश्चिम महेन्द्रराजमार्ग अबरुद्ध भएको थियो ।
 


यसमा तपाईको मत