• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

लालुका छोराको आरोप - मेरो खानमा नितिश सरकारले विष मिसाउन खोज्यो

लालुका छोराको आरोप - मेरो खानमा नितिश सरकारले विष मिसाउन खोज्यो
फागुन  ११ गत्ते, भारत ।
राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले बिहारका मुख्यमन्त्री नितिश कुमारको सरकारलाई आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
यादवले उनको राज्यस्तरीय ‘संविधान बचाओ न्याय यात्रा’ का दौरानमा नितिश सरकारले आफ्नो फोन रेकर्ड गरेको आरोप लगाएका छन् । त्यस्तै उनले आफ्नो खानामा विष मिसाउने षड्यन्त्र गरेको गम्भीर आरोपसमेत बिहार सरकारलाई लगाएका छन् ।
तेजस्वीले ट्वीट गर्दै भनेका छन्, ‘संविधान बचाओ न्याय यात्रामा ठूलो जनसमर्थन देखेर नितिश कुमार अत्तालिएका छन् । विश्वस्त स्रोतका अनुसार नितिश सरकारले मेरोविरुद्ध गम्भीर षड्यन्त्र गरेका छन् ।’ तेजस्वी आरजेडी अध्यक्ष लालुप्रसाद यादवका छोरा हुन् ।
तेजस्वी यादव सन् २०१५ मा राष्ट्रिय जनता दल, जनता दल युनाइटेड र कंग्रेसबीचको महागठबन्धनले भारी जित हासिल गरेपछि बिहारको उप–मुख्यमन्त्री बनेका थिए । गएको वर्ष नितिश कुमारको जनता दल युनाइटेडले गठबन्धनबाट बाहिरिँदै बिजेपीसँग मिलेर नयाँ सरकार गठन गरेका थिए । कुमारले तेजस्वी भ्रष्टाचारमा संलग्न भएको भन्दै गठबन्धन छोडेका थिए ।
राज्यव्यापी यात्राका दौरानमा तेजस्वी यादवले नरेन्द्र मोदी सरकार र बिहार राज्य सरकारलाई जनताको म्यान्डेटलाई नकारेको आरोप लगाइरहेका छन् ।
 


यसमा तपाईको मत