• :
  • :
    • On Air
    • Bhojpuriya Whatsapp
    • Up Next
    • Nepal Khabar

समाचार

चर्चित भारतीय नायिका श्रीदेवीको निधन

चर्चित भारतीय नायिका श्रीदेवीको निधन
फागुन १३ गत्ते ।
भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ ।
वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै  भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् ।
उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिईन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् । 
श्रीदेवीलाई भारतकी पहिलो ’महिला सुपरस्टार’ का रुपमा लिइन्छ । उनी चाएल्ड आर्टिस्टको रुपमा सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा पहिलो पटक अभिनय गरेकी थिइन् ।
श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ । फ्रेब्ररी २५ शनिवार राती ११स्०० देखी ११स्३० बिचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् ।
भारतीय चलचित्रकर्मीहरुले श्रीदेवीको निधनप्रति शोक व्यक्त गरेका छन् । भारतमा उनको निधनले सबैलाई स्तब्ध बनाएको छ ।
 


यसमा तपाईको मत