• :
  • :
    • On Air
    • Up Next

समाचार

किंग्स इलेभेन पञ्जावले रविचन्द्रन आश्विनलाई दियो कप्तानको जिम्मेवारी

किंग्स इलेभेन पञ्जावले रविचन्द्रन आश्विनलाई दियो कप्तानको जिम्मेवारी
फागुन १५ गत्ते ।
किंग्स इलेभेन पञ्जावले रविचन्द्रन आश्विनलाई कप्तान घोषणा गरेको छ । इण्डियन प्रिमियर लिग (आइपीएल)को आउँदो संस्करणका लागि पञ्जावले उनलाई ७.६ करोड भारुमा आवद्ध गरेको थियो
भारतीय टिमका स्पीनर आश्विनले घरेलु टिम तामिल नाडुलाई विभिन्न प्रतियोगितामा नेतृत्व दिएपछि आइपीएलमा उनले पहिलो पटक कप्तानको भूमिका निभाउने भएका हुन् । ‘अरु खेलाडी भन्दा आश्विनले टी–२० धेरै राम्रोसँग बुझेका छन् ।’ पञ्जावका निर्देशक वीरेन्द्र सहवागले भने, ‘केही भिन्न गर्ने हाम्रो सोचाइका लागि आश्विन सर्वोत्तम विकल्प हुन् ।’
आश्विनले सन् २००९ देखि २०१५ सम्म चेन्नई सुपरकिंग्सबाट खेलेका थिए । चेन्नई प्रतिबन्धमा परेपछि उनले सन् २०१६ मा राइजिङ पुने सुपरजायन्टबाट खेले भने स्वास्थ समस्याका कारण अघिल्लो सिजन कुनै खेल खेल्न सकेनन् ।
यसअघि सबै आइपीएलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेका आश्विनलाई आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्दै भारतीय टिममा पुनरागमनको बाटोसमेत खुल्नेछ ।
आइपीएलको सबै संस्करणमा सहभागिता जनाए पनि पञ्जावले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
 


यसमा तपाईको मत