• :
  • :
    • On Air
    • Up Next

समाचार

राहुल द्रविड अण्डर–१९ विश्वकपको पुरस्कारक रकम आधा—आधा गर्न गरेको प्रस्ताव

राहुल द्रविड अण्डर–१९ विश्वकपको पुरस्कारक रकम आधा—आधा गर्न गरेको प्रस्ताव
फागुन १६ गत्ते  । यू १९ टिमका प्रशिक्षक राहुल द्रविडले आफ्नो पुरस्कार रकम आधा गर्न गरेको प्रस्ताव भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले स्वीकार गरेको छ ।
अष्ट्रेलियालाई हराएर भारतले यूू–१९ विश्वकपको उपाधि जितेपछि बीसीसीआईले प्रशिक्षक द्रविडलाई ५० लाख, खेलाडीलाई जनही ३० लाख तथा प्रशिक्षण टिमका सदस्यलाई जनही २० लाख दिने निर्णय गरेको थियो ।
तर द्रविडले गोप्य रुपमा बीसीसीआईका सीईओ राहुल जोहरीलाई खेलाडीभन्दा बढी पुरस्कार नदिन आग्रह गरेका थिए । आफूलाई घोषणा गरेको रकमको आधा रकमबाट प्रशिक्षण दलका अन्य सदस्यलाई बाँड्दै उनीहरुलाई पनि २५ लाख दिन आग्रह गरेका थिए ।
 


यसमा तपाईको मत