• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

सरकारी सेनाको कारवाहीमा अफगानिस्तानमा ७० जनाको मृत्यु

सरकारी सेनाको कारवाहीमा अफगानिस्तानमा ७० जनाको मृत्यु
फागुन २१ गत्ते ।
अफगानिस्तानमा सरकारी सेनाको कारवाहीमा ७० जनाको मृत्यु भएको छ । सेनाले दिनसम्म चलाएको सुरक्षा कारबाहीमा उनीहरुको मृत्यु भएको हो । 
मारिनेमा ५० जना सरकारविरोधी लडाकू तथा २० जना इस्लामिक स्टेट आइएस समूह आवद्ध लडाकू रहेका छन् । रक्षा मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले ५० जना सरकार विरोधी लडाकु र २० जना आइएस लडाकुको मृत्यु भएको जानकारी दिएका हुन् । 
कारबाहीमा २७ जना विद्रोही घाइते भएका छन् । सरकारी अधिकारीहरुले उत्तरी दारजव क्षेत्रमा भएको भिडन्तमा २० जना आइएस विद्रोहीको मृत्यु भएको जनाएका छन् ।
 


यसमा तपाईको मत