• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

श्रीमतीलाई वेश्यावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद

श्रीमतीलाई वेश्यावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद
 
फागुन २१ गत्ते,चितवन।
चितवनमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने एक व्यक्तिलाई अदालतले ११ वर्ष कैज सजाय सुनाएको छ । 
 
माडी नगरपालिका– ६ का राजु काफ्लेले श्रीमतीलाई जर्बजस्ती वेश्यावृत्तिमा लगाएको भन्दै परेको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको हो । 
न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैद सजायसँगै काफ्लेसँग ५५ हजार रुपैयाँ जरिवाना असुल गर्न र २५ हजार रुपैयाँ श्रीमतीलाई क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ । 
 
श्रीमानले आफूलाई होटलमा राखी यौनसम्पर्क गराउन बाध्य पारेको भन्दै ती महिलाले १७ साउनमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् । अदालतको आदेशपछि पीडित महिलाले आफूले न्याय पाएको बताएकी छन्, नयाँ पत्रिकामा खबर छ । 
 


यसमा तपाईको मत