• :
  • :
    • On Air
    • Up Next

समाचार

च्याम्पियन्स लिगमा आज पिएसजी र रियल मड्रिड बिच प्रतिस्पर्धा हुने

 च्याम्पियन्स लिगमा आज पिएसजी र रियल मड्रिड बिच प्रतिस्पर्धा हुने
फागुन २२ गत्ते ।
च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो  लेगमा मंगलबार राती पेरिस सेन्ट जर्मेन  पिएसजी र रियल मड्रिड तथा लिभरपुल र पोर्टोबीच प्रतिस्पर्धा हुँदैछ ।
साबिक बिजेता रियाल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो लेगमा तीन एकको अग्रता लिएको थियो । जसका कारण घरेलु टोली पिएसजीका लागि मंगलबारको खेल त्यती सहज हुने छैन् । पिएसजी स्टार स्ट्राइकर नेइमार बिनानै मैदानमा उत्रदैछ ।
नेइमार खुट्टाको शल्यकृया गर्दै  तीन महिना मैदान बाहिर रहेका छन ।  पिएसजीका डेनी आलाभेसले भने नेइमार विनापनि रियललाइ पराजित गर्न पिएसजी सक्षम रहेको प्रतिृकया दिएका छन ।
प्रि म्याच कन्फरेन्समा बोल्दै आलाभेसले भने , नेइमार हुदा टिम निकै वलियो हुन्छ तर नेइमार बिनापनि पिएसजी वलियो नै छ किनकी हामी सँग अन्य खेलाडी पनि छन । पिएसजीले यो सिजन घरेलु मैदानमा खेलेका कुनैपनि खेलमा हार बेहोरेको छैन । तर च्याम्पियन्स लिगका पछिल्ला तीन खेलमा भने पिएसजी रियल सँग जीत बिहिन छ । पिएसजीका प्रशिक्षक उनाइ इमेरीले रियल विरुद्धको खेललाइ गमे अफ द इयरको संज्ञा दिएका छन । 
यस्तै रियलका प्रशिक्षक जिनेदिन जिदानले फ्रेन्च क्लब पिएसजी सँगको खेल निकै कठिन र चुनौती पूर्ण हुने बताएका छन । ९० मिनेट सम्म राम्रो फुटवल खेल्नुको विकल्प नभएको भन्दै जिदानले कुनैपनि अवस्थामा खेल सकिदा एउटा टिम निराश हुने उल्लेख गरे । रियलका करिम बेन्जिमाले च्याम्पियन्स लिगमा एक सयौं खेल पनि पुरा गर्दैछन ।  मंगलबार रातीनै लिभरपुलले एनफिल्डमा  पोर्चुगिच क्लब पोर्टोलाइ स्वागत गर्दैछ ।  लिभरपुलले पहिलो लेगमा पाँच शून्यको फराकिलो अन्तरको अग्रता लिएको छ ।
यसका बाबजुत प्रशिक्षक योर्गेन क्लोपले मंगलबारको खेलमा दुइ अथवा तीन खेलाडी मात्र परिवर्तन गर्ने बताएका छन । उनले पोर्टोलाइ कमजोर नआक्न आफ्ना खेलाडीलाइ सचेत समेत गराएका छन ।
क्लोपले  मोहम्मद सलाहलाइ भने आरम दिन सक्ने अनुमान गरिएको छ । पोर्टो विरुद्ध लिभरपुल अपराजित छ ।  पहिलो लेगमा पाँच शून्यले पछि परेको टिमले अहिले सम्म अघिल्लो चरण प्रवेश गरेको इतिहास च्याम्पियन्स लिगमा रहेको छैन् । दुवै खेल नेपाली समय अनुसार राती साढे एक बजे हुनेछ ।
 


यसमा तपाईको मत