• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

बेजोस बने सबैभन्दा धनी, अर्बपतिको सूचीमा ट्रम्पको स्थान कहाँ रु

बेजोस बने सबैभन्दा धनी, अर्बपतिको सूचीमा ट्रम्पको स्थान कहाँ रु
फागुन २३ गत्ते ।
अमेजानका मालिक जेफ बेजोस सबैभन्दा धनी अर्बपति बनेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२२ औं स्थानमा धकेलिएका छन् ।
 
 
फोर्ब्स म्यागनिजका अनुसार राष्ट्रपति ट्रम्पको सम्पत्ति ३।५ बिलियन डलरबाट घटेर ३।१ बिलियन डलर भएको छ । न्यूयोर्कको सम्पत्तिको मूल्यमा आएको गिरावट र गर्ल्फ कोर्सको आम्दानी घटेका कारण ट्रम्पको सम्पत्ति घटेको बताइएको छ ।
 
विश्वका अर्बपतिहरुको सूचीमा पहिलो नम्बरमा जेफ बेजोस आएका छन् । उनको सम्पत्ति ११२ बिलियन डलर छ र यो गत वर्षको भन्दा ३९।२ बिलियन बढी हो ।
 
विश्वका अर्बपतिहरुको सूचीमा २ हजार २०८ अर्बपतिहरु सूचीकृत भएका छन् । नेपालका विनोद चौधरी पनि यो सूचीमा छन् ।
 


यसमा तपाईको मत