• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

मोदीको नामको अगाडि ‘श्री’ नलगाएका कारण ७ दिनको तलब काटियो

मोदीको नामको अगाडि ‘श्री’ नलगाएका कारण ७ दिनको तलब काटियो
फागुन २३ गत्ते ।
टाइम्स अफ् इन्डियाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामको अगाडि ‘श्री’ नलगाएकाले सीमा सुरक्षा बलका एक जना जवानको सात दिनको तलब काटिएको छ । फ्रेब्रुअरी २१ मा पश्चिम बंगालको नदियाको महातपुरमा बीएसएफको १५ औं बटालियन को परेड चलिरहेको थियो । परेडका क्रममा बीएसएफ जवान सञ्जीव कुमारले रिपोर्ट गर्ने क्रममा ‘मोदीको कार्यक्रम’ भनेका थिए । सञ्जीब कुमारलाई बीएसएफ एक्टको धारा ४० अनुसार ‘दोषी’ पाइयो । सजायस्वरुप उनको सात दिनको तलब काटियो । 
 


यसमा तपाईको मत