• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

‘भिएक्स नर्भस’ रसायनको प्रयोग गरेर किम जोन नामको हत्या गरिएको अमेरिकाको दाबी

‘भिएक्स नर्भस’ रसायनको प्रयोग गरेर किम जोन नामको हत्या गरिएको अमेरिकाको दाबी
फागुन २३ गत्ते ।
उत्तर कोरियाका नेता किम जोन उनका सौतेनी भाई किम जोम नामको ‘भिएक्स नर्भस’ नामको रसायन प्रयोग गरी एजेन्ट लगाएर उत्तर कोरियाले हत्या गरेको अमेरिकाले दाबी गरेको छ । सन् २०१७ फेब्रुअरीमा मलेसियाको क्वालालम्पुर विमानस्थलमा नामको हत्या भएको थियो । अमेरिकाले नामको हत्या उत्तर कोरियाले नै गरेको आरोप लगाउँदै आएको छ भने दक्षिण कार्यालयले भने उत्तर कोरियाको संम्लग्नता नभएको बताउँदै आएको छ । अमेरिकाले उक्त हत्यामा विश्वमा नै प्रयोग निषेध गरिएको रसायनको प्रयोग गरेर उत्तर कोरियाले नामको हत्या गरेको दाबी गरेको बीबीसीले जनाएको छ । दक्षिण कोरियाको टोली उत्तर कोरियाको उच्चस्तरिय भ्रमणमा गरेर प्योङच्याङ आएपछि अमेरिकाको पछिल्लो अभिव्यक्ति आएको हो । दक्षिण कोरियामा भएको ओलम्पिक खेलबाट दुई कोरियाको सम्बन्धमा भएको सुधारले पछिल्लो समय निकै तिब्रता दिए पनि अमेरिकाले भने उत्तर कोरियाको आणविक कार्य प्रति तिव्र असन्तुष्टि व्यक्त गर्दै आएको छ । अमेरिकाले उक्त तथ्यबाट पनि उत्तर कोरियामा नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएको छ । अमेरिकाले उक्त खुलासाले नियम विपरित उत्तर कोरियाले निरन्तर रसायनिक हतियार प्रयोग गर्दै आएको दाबी गरेको छ । गएको एक वर्ष अघि ‘बुलेटप्रुफ भेस्ट’ लगाएर दुईजना महिलाले नेमको हत्या गरेका थिए । किम जोन नेममो हत्याको आरोपमा इन्डोनेसियाकी २५ वर्षीय सिती एईस्याह र भियतनामकी २८ वर्षीया दोअन थी हौङलाई सन् २०१७ फेबु्रअरी १३ का दिन मलेसियाको क्वालालामपुर अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनीहरूले मकाउतर्फ उडानका लागि तयारी गरिरहेका बेला नामलाई बेहोस पार्ने कडा खालको रासायनिक पदार्थको प्रयोग गरी विमानस्थलमै हत्या गरेको बीबीसीले उल्लेख गरेको छ । रासायनिक पदार्थ उनीहरूले नामको अनुहारमा प्रहार गरेको सिसिटिभीका दृश्यमा देखिएको जनाइएको थियो । उनीहरूले आक्रमण गरेको २० मिनेटमै किमको मृत्यु भएको थियो । 
 


यसमा तपाईको मत