• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

आईपीएलः दिल्ली डेयरडेभिल्सको कप्तानमा गौतम गम्भिर

आईपीएलः दिल्ली डेयरडेभिल्सको कप्तानमा गौतम गम्भिर
फागुन २३ गत्ते ।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिगमा खेल्ने टिम दिल्ली डेयरडेभिल्सको कप्तानी गौतम गम्भिरले गर्ने भएका छन् । दिल्ली डेयरडेभिल्सले बुधबार गम्भिरलाई आफ्नो कप्तानको रुपमा घोषणा गरेको हो । आईपीएलको सुरुवाती संस्करणमा डेयरडेभिल्सबाट खेलेका गम्भिर यसअघि कोलकत्ताबाट खेलेका थिए । उनले कोलकत्ताका लागि लगातार ७ वर्षसम्म खेलका थिए । नाइट राइडर्सले गम्भिरलाई रिटेन नगरेपछि डेयरडेभिल्सले भित्र्याएको हो । यही टिमबाट सन्दीपले पनि खेल्नेछन् । डेयरडेभिल्सको टिममा गम्भिरसँगै भारतीय तीव्र गतिका बलर मोहम्मद सामी, भेट्रान लेग स्पिनर अमित मिश्रा, अष्ट्रेलियन ग्लेन म्याक्सवेल, दक्षिण अफ्रिकी बलर कागिसो रबाडा तथा क्रिस मोरिसलगायतका खेलाडीहरु रहेका छन् । अप्रिल ७ देखि सुरु हुने आईपीएलमा डेयरडेभिल्सले आफ्नो पहिलो खेल किङ्गस इलेभेन पञ्जाबसँग घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा खेल्नेछ । 


यसमा तपाईको मत