• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी
फागुन २३ गत्ते ।
इंग्ल्याण्ड विरुद्धको चौथो एकदिवशीय खेलमा घरेलु टिम न्युजिल्याण्ड पाँच विकेटले विजयी भएको छ । जितसँगै पाँच एकदिवशीय श्रृङ्खलामा न्युजिल्याण्डले २–२ को बराबरी गर्न सफल भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा ३३५ रनको विशाल योगफल तयार पारेको थियो । इंग्ल्याण्डका लागि जोनी बाइस्र्ट र जो रुटले शतकीय योगदान दिए । ज्यासन रोय ४२ रनमा आउट हुँदा ७७ रनको स्थितिमा रहेको इंग्ल्याण्डका लागि बाइस्र्ट र रुटले दोस्रो विकेटका लागि १९० रनको साझेदारी गरेका थिए । यस क्रममा बाइस्र्टले १३८ रन बनाउँदा १४ चौका र ७ छक्का प्रहार गरेका थिए । जो रुटले पनि १०२ रनको योगदान दिए । अन्य खेलाडी भने दोहोरो अंकको रन समेत बनाउन सकेनन् । न्युजिल्याण्डका लागि इश सोधीले ४ विकेट लिए भने ट्रेन्ट बोल्ट र कोलिन मुन्द्रोले २–२ विकेट हात पारे । ३ सय ३६ रनको लक्ष्य न्युजिल्याण्डले तीन बल अगावै ५ विकेटको क्षतिमा पूरा गर्दा रोस टेलर एक्लै नायक बने । २ रनको अवस्थामा २ विकेट गुमाइसकेको न्युजिल्याण्डले ८६ रन बनाउँदा तेस्रो विकेट गुमाएपछि दबाबमा परेको थियो । रोश टेलर र टम ल्याथमले चौथो विकेटका लागि १८७ रनको बलियो साझेदारी गरे । ल्याथमले ७१ रन बनाए भने रोश टेलर एक्लैले १८१ रनको योगदान दिए । यस क्रममा उनले १७ चौका र ६ छक्का प्रहार गरे । 
 


यसमा तपाईको मत