• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

डोपिङमा सुधार नभए रसियामाथि स्थायी प्रतिबन्ध लगाउने आइएएएफको चेतावनी

 डोपिङमा सुधार नभए रसियामाथि स्थायी प्रतिबन्ध लगाउने आइएएएफको चेतावनी
फागुन २३ गत्ते ।
 अन्तर्रा्ष्ट्रिय एथलेटिक्स महासंघ ’आइएएएफ’ले रसियमाथि स्थायी प्रतिबन्ध लाग्न सक्ने जनाएको छ । सन् २०१५ देखि रसियमाथि आइएएएफले लगाएको प्रतिबन्ध यथावत छ । यदी रसियाले डोपिङको सम्बन्धमा सुधार गर्न नसकेमा स्थयी प्रतिबन्ध हुन सक्ने महासंघले चेतावनी दिएको छ । खेलाडीमाथि राज्य प्रायोजित डोपिङ गरेको आरोप आइएएफले लगाइरहँदा रसियाले भने आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ ।विश्व एन्टी डोपिङ एजेन्सी वाडाले डोपिङको विषयमा तयार पारेको मापदण्ड पूरा नभएसम्म रसियामाथिको प्रतिबन्ध कायम राख्ने जनाएको छ । अब एथलेटिक्स महासंघले रसियाको एथलेटिक्स महासंघ र खेलकुद मन्त्रालयलाई बोलाएर बाँकी विषयमा छलफल गर्नेछ । प्रतिबन्धका कारण गएको फेब्रुअरीमा दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न विन्टर ओलम्पिकमा रसियले सहभागिता जनाउन नपाउँदा उसका १ सय ६८ खेलाडीले ओलम्पिकको झण्डामुनी रहेर प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता पश्चात आइओसीले रसियाको निलम्बन फुकुवा गरेको थियो । 
 


यसमा तपाईको मत