• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

अन्डरवर्ल्डका डन दाउदका सहयोगी दुबईबाट समातिए,मुम्बई हमलाको २५ वर्षपछि फारुक टकलालाई भारत ल्याइयो

अन्डरवर्ल्डका डन दाउदका सहयोगी दुबईबाट समातिए,मुम्बई हमलाको २५ वर्षपछि फारुक टकलालाई भारत ल्याइयो
फागुन २४ गत्ते । 
भारतीय अन्डरवर्ल्डका डन दाउद इब्राहिका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ परेका छन् । र, उनलाई बिहीबार एयर इन्डियाको फ्लाइटबाट मुम्बई ल्याइएको छ ।
टकलालाई आजै विशेष टाडा अदालतमा उपस्थित गराउने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनीविरुद्ध अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर नोटिस जारी भएको थियो ।
सन् १९९३ को मार्च महिनामा मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटनामा उनी संलग्न भएको खुलेको थियो । त्यसयता फरार रहेका उनी २५ वर्षपछि पक्राउ गरेका हुन् ।
विष्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय जनाभन्दा बढी घाइते भएका थिए ।
यही घटनामा मुम्बई हमलाका मास्टरमाइन्ड टाइगर मेमनका भाई याकुब मेमनलाई सन् २०१५ मा फाँसी दिइएको थियो । अन्डरवर्ल्डका डन दाउद इब्राहिम पनि १९९३ देखि नै फरार छन् ।
उनी लामो समयदेखि पाकिस्तानमा रहेको सञ्चारमाध्यमहरुले उल्लेख गर्ने गरेका छन् ।
 


यसमा तपाईको मत