• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

टेनिसमा सेरेनाको पुनरागमन

टेनिसमा सेरेनाको पुनरागमन
फागुन २५गत्ते ।
पूर्व विश्व नम्बर एक सेरेना विलियन्सले टेनिसमा पुनरागमन गरेकी छिन् । छोरी ओलम्पियालाई जन्म दिएपछि पहिलो पटक कोर्टमा सिंगल्स खेलेकी सेरनाले इण्डियन वेल्स टेनिसमा काजाकिस्तानकी जरिना डियासलाई हराउँदै दोस्रो चरणमा स्थान बनाउन सफल भईन् ।
२३ पटक ग्राण्डस्लाम जितेर विश्व टेनिसमा सबैभन्दा सफल खेलाडी सेरेनाले डियासलाई ७–५ र ६–३ को सोझो सेटमा हराएकी थिइन् ।
३६ बर्षिय सेरेनाले गत सेप्टेम्बरमा छोरीलाई जन्म दिएपछि पहिलो पटक कोर्टमा उपस्थिति जनाएकी हुन् । त्यसअघि उनले २०१७ को अष्टे्लि यन ओपनको उपाधि जित्दा गर्भवती थिइन् ।
खेल सकिएपछि कोर्टबाट निस्कने क्रममा कोर्टमा उपस्थित १० हजार दर्शकले उनको सम्मानमा उठेर ताली बजाएका थिए ।
 


यसमा तपाईको मत