• :
  • :
    • On Air
    • Up Next

समाचार

निर्माण व्यवसायीको १५ औं सधारणसभा समपन्न, वैशाखमा निर्वाचन हुने

निर्माण व्यवसायीको १५ औं सधारणसभा समपन्न, वैशाखमा निर्वाचन हुने
फागुन २७ गत्ते, जनकपुरधाम ।
धनुषा निर्माण व्यवसायी संघको १५ औं सधारणसभा जनकपुरमा समपन्न भएको छ भने वैशाख २२ गत्ते चुनाव हुने भएको छ । 
जनकपुर उद्योग बाणिज्य संघमा भएको सधारणसभाले जिल्ला अधिवशेन पुर्वका तयारीहरु गरिने र नयाँ विधानको समेत निर्माण गरिने धनुषा निर्माण व्यवसायी संघका अध्यक्ष विवेकानन्द मिश्रले बताएका छन् । 
उदघाटन समारोहलाई सम्बोधन गर्दै विभिन्न पार्टी आवद्व निर्माण व्यवासायीहरुले प्रदेश नं. २ को निर्माण कार्यको ठिक्का प्रदेश भित्रकै निर्माण व्यवसायीहरुलाई दिनु पर्ने सहितका धारणा राखेका थिए ।
समारोहमा संघका संस्थापक अध्यक्ष दिगम्वर चौधरी र प्रदेश नं. २ का संयोजक सुरेन्द्र प्रसाद चौधरी मुन्ना र चर्चित निर्माण व्यवसायी वलराम महतोे,हिरा भगत,राजु चौधरी ,कामेश्वर झा सहितको सहभागिता रहेको थियो । कार्यक्रममा धनुषा निर्माण व्यवशायी संघका संस्थापक अध्यक्ष दिगम्बर चौधरी,निर्माण व्यवशायी बलराम महतो,हिरा भगत,दीपक झा सहित आधा दर्जन व्यवशायीहरुलाई सम्मान पनि गरिएको थियो ।
 


यसमा तपाईको मत