• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

गृहजिल्लामा भएको घट्नाले दुखी छुः कृषि सहकारी एवम भुमी व्यवस्था मन्त्री साह

गृहजिल्लामा भएको घट्नाले दुखी छुः कृषि सहकारी एवम भुमी व्यवस्था मन्त्री साह
फागुन २७ गत्ते,सप्तरी
एमके माझी
आगलागी घटनाको खबर पाए लगत्तै जनकपुरमा रहेका प्रदेश नं. २ का कृषि सहकारी एवम भुमी व्यवस्था मन्त्री शैलेन्द्र प्रसाद साह शनिबारै घटना स्थलमा पुगी पिडित सँग भेटघाट गरी आवश्यक जानकारी लिएका छन् । 
घटना स्थलमा पुगेर उनले पिडित खातुन परिवार सँग आगलागी घटनाबारे जानकारी लिनुका साथै घटनाको सत्यतथ्य छानविन र आवश्यक क्षतिपुर्तिका लागी पहल गर्ने आश्वासन दिए । गृह जिल्लामा भएको घटनाले आफुलाई दुखित बनाएको उनको भनाई थियो । पिडित परिवारले पुरानो रिसिबी साध्न केही व्यक्तिले आगजनी गरेको बताएपछि जवाफमा मन्त्री साहले भने – नआतिनुस घटनाबारे सुक्ष्म अनुसंधानका लागी पनि म बाट पहल हुने छ । 
 


यसमा तपाईको मत