• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जानकी नवमीको दिन राष्ट्रिय विदा घोषणाको माँग

जानकी नवमीको दिन राष्ट्रिय विदा घोषणाको माँग
फागुन २७ गत्ते,जनकपुरधाम ।
त्रेता युगमा जानकीको जन्म भएकोे स्मरणमा हरेक वर्ष मनाइने जानकी नवमीको दिन राष्ट्रिय विदा घोषणा हुनुपनुपर्न विभिन्न पक्षहबाट आवाज उठेको छ । 
पोहोर वर्ष जानकी नवमीका दिन धनुषा र महोत्तरीमा मात्र विदा दिइएकोले यसपाली यसलाई राष्ट्रिय पर्व घोषणा गरि कम्तीमा प्रदेश २ मा सार्वजानिक विदा दिनुपर्न माग गरिएको छ । आज जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासको अध्यक्षतामा भएको विचार गोष्टिमा विभिन्न राजनितीक दलका प्रतिनिधी , समाजसेवी तथा पत्रकारहरुले विगत भन्दा यसपाली बढी भव्यताका साथ नवमी मनाउनुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा सदस्य राम सरोज यादव नेपालका विभिन्न स्थानका संगै भारतको विभिन्न ठाँउहरुबाट आउने श्रद्धालुहरुको व्यवस्थापन गर्न नगरपालिका सहित सबैले पहल गर्नुपर्ने बताए । उनले जानकी नवमीलाई देश तथा विदेशमा प्रचारप्रसारकालागी नेपाली तथा भारतीय मिडियाहरुसंग समन्वय गर्नुृपर्नेमा जोड दिए । त्यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साह विगतमा स्थानिय जनप्रतिनिधीहरु नहँुदा कर्मचारीहरुले भूमीका खेलेको र अब जनप्रतिनिधीहरु आइसकेकोले यसपालीको नवमी भव्यताका साथ मनाउन उनीहरुको भूमीका महत्वपुर्ण हुनुपर्ने बताए । उनले जनकपुर जानकीमन्दिर र यहँका पौरानिक धर्म संस्कृतिले चिनिने भएकोले प्रदेशसभा सदस्यको संगै आफू यहाँका स्थानियको हैसियतले सहयोगको हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास अगामी वैशाख ११ गतेबाट शुरु हुने जानकी नवमी १५ दिन चल्ने गरि मनाईने र नवमीमा रामायणमेलाको पनि आयोजना गरिने बताउनुभयो । रामायण मेलामा नेपाल तथा भारतका शंकराचार्यका साथै विशिष्ट अतिथिहरुको सहभागी हुने जनाइएको छ । यता प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाई शान्ति सुरक्षा कायमगर्नकालागी प्रतिवद्ध रहेको जनाए । कार्यक्रममा प्रदेशसभा सदस्य रामसरोज यादव , परमेशवर साह प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाइ, प्रहरी उपरिक्षक चक्रवहादुर सिंह , मेयर लाल किशोर साह, उपमेयर रिता झा लगायतको सहभागी थियो ।  


यसमा तपाईको मत