• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

प्रदेश नं. २ को प्रजनन स्वास्थ्यको अवस्था देशभरीमै सबैभन्दा दयनिय

प्रदेश नं. २ को प्रजनन स्वास्थ्यको अवस्था देशभरीमै सबैभन्दा दयनिय
फागुन २७ गत्ते,जनकपुरधाम ।
प्रदेश नं. २ को प्रजनन स्वास्थ्यको अवस्था देशभरीमै सबैभन्दा दयनिय रहेको एक तथ्यांकले देखाएको छ ।
राष्ट्रसंघीय जनसंख्या कोषले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा प्रदेशको प्रजनन स्वास्थ्य अवस्था सम्बन्धि तथ्यांक सार्वजनिक भएको हो । प्रजनन स्वास्थ्य, किशोर किशोरी तथा युवा, लैङ्गिकता र जनसंख्या तथा दिगो विकास विषयक छलफल कार्यक्रममा वक्ताले ईच्छा विपरित गर्भधारण गर्नुपर्ने बाध्यताका कारण प्रजनन स्वास्थ्य खस्कदै गएकोप्रति चिन्ता व्यक्त गरे । नेपालभरी नै प्रजनन स्वास्थ्य खराब रहेको भन्दै सरकारले यस क्षेत्रमा लगानी गर्नु पर्नेमा उनीहरुले जोड दिए । 
राष्ट्रसंघिय जनसंख्या कोष युएनएफपीए की लुब्ना बाकीले नेपालमा परिवार नियोजनको क्षेत्रमा सरकारले ७ प्रतिशत बजेट छुट्याउँदै आएपनि लगानी भने हुन नसकेको बताइन । उनले नेपालमा परिवार नियोजन सहित प्रजनन स्वास्थ्य सुनिश्चित गर्ने दिशामा खासै केही पहल नगरिएकोप्रति आक्रोश पोखिन् । युएनएपपिएका अनुसार प्रदेश दुईमा दक्ष स्वास्थ्यकर्मीको  पहुँच नहुँदा कयौं शिशुको मृत्यु हुने गरेको छ । कार्यक्रममा किशोरी शिक्षामा जोड दिन सके मात्रै यो भयावह स्थितिमा परिवर्तन आउन सक्ने बताइएको थियो । युएनएफपीएले प्रदेश सांसदलाई किशोरीको २० वर्षपछि विवाह गराउने गरी ठोस निति ल्याउन आग्रह समेत गरेको छ । कार्यक्रममा प्रदेश सांसदले महिला हिंसा, लैंगिक विभेद, प्रजनन स्वास्थ्य लगायतका क्षेत्रलाई सुदृढ बनाउन प्रदेशमा ठोस निति ल्याइने प्रतिबद्धता जनाएका छन् । प्रदेशसभाका सभामुख सरोज कुमार यादवको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न दलका प्रदेशसभा सदस्यहरुको सहभागिता थियो ।
 


यसमा तपाईको मत