• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

सबैले योग गरेर प्रदेशलाई स्वस्थ्य बनाऔंस्मुख्यमन्त्री राउत

सबैले योग गरेर प्रदेशलाई स्वस्थ्य बनाऔंस्मुख्यमन्त्री राउत
फागुन २७ गते,जनकपुरधाम।
दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई स्वस्थ्य बनाउन सबैले योग गर्नु पर्ने बताउनुभएको छ । जनकपुरमा शनिवार विहान राजर्षिजनक पतंजलि योगसाधना केन्द्रमा पतंजलि योग समिति धनुषाको आयोजनामा शुरु भएको १५ दिवसीय योग प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो कुरा बताउनुभएको छ ।
‘घर–घरमा ब्लप्रेशर , सुगर जस्ता रोगहरु अहार व्यवहारको कारण लाग्ने गरेका छन्’, मुख्यमन्त्री राउतले भन्नुभयो ‘ यस्ता रोगहरुबाट निदान पाउन योग एक उत्तम विकल्प हो , हामी सबै योग गरेर स्वस्थ्य बनौं र प्रदेश नं। २ लाई स्वस्थ्य बनाऔं ।’
उहाँले स्वस्थ्य रहन सबैले योग गर्नै पर्ने बताउँदै निरन्तर योग गर्न सबैमा आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा राजर्षिजनक योग पतंजलि योग साधना केन्द्रका संरक्षक एव प्रदेशसभा सदस्य कौशल यादवले योगको माध्यमबाट विचार परिवर्तण गरेर दुई नम्बर प्रदेशलाई स्वस्थ्य र समृद्ध बनाउन सक्ने बताउनुभयो ।
१५ दिनसम्म चल्ने योग प्रशिक्षणमा १ सय ५० जना सहभागि रहने आयोजक पतंजलि योग समितिका जिल्ला अध्यक्ष ईन्द्रदेव मण्डलले जानकारी दिनुभयो ।
 


यसमा तपाईको मत