• :
  • :
    • On Air
    • Up Next

समाचार

भारतबाट मालसामान निकासीमा समस्या,तिन दिन देखि नेपाली नाकामा छिरेन मालवाहक गाडी

भारतबाट मालसामान निकासीमा समस्या,तिन दिन देखि नेपाली नाकामा छिरेन मालवाहक गाडी
रंजन भण्डारी
फागुन २७ गत्ते, महोत्तरी ।
जिल्ला स्थित जलेश्वर भन्सार कार्यालय,मलिवारबाट विगत तिन दिन देखि मालवाहक सवारी नेपाली भन्सार छिर्न नपाउदा समस्या आएको छ । महोत्तरीसंगै  जोडिएको सिन्धुली,धनुषा लगायतका जिल्लाहरुमा यसै भन्सारबाट आएको मालसामान तथा ईन्धनले स्थानिय बजार र सवारी साधन धान्ने भएपनि मालसामान र ईन्धन नआउदा स्थानिय बजारमा अभाव देखिन थालिएको छ ।
भारतिय भन्सारमा नयाँ सफ्टवेर सहित अत्याधुनिक प्रविधी जडान भएको तर त्यो चलाउने प्राविधिक अभाव र अन्य आन्तरिक कारणहरुले भारतबाट मालसामान क्लियरेन्स हुन समस्या आएको स्रोतको भनाई छ ।
यता जलेश्वर भन्सार कार्यालय,मलिवाराका प्रमुख केशव भण्डारीले भारतिय पक्षहरुसंग कुराकानी भएको र तत्काल समस्या समाधानको प्रयास भईरहेकोले आजैवाट भन्सार नियमित् हुन सक्ने सम्भावना रहेको बताए । उनले भारतबाट आलु प्याज,टमाटर लगायतका खराव हुन सक्ने कच्चा खाद्यय सामग्रीहरु समेत आउने भएकोले त्यसता सामग्री खराव नहोस भन्ने तिर पनि आफुहरु केन्द्रित रहेको र भारतिय पक्ष समेत यसै कारण द्रुत गतिमा समस्या समाधानको प्रयास गरिरहेको बताए ।
नेपालमा अधिकांश सामग्री भारतिय बजारबाट नै आयात हुने भएकोले तत्काल भारतिय भन्सारबाट सामग्री नछुटे यसले नेपालमा विभिन्न सामग्री अभाव हुने र सवै सामानको वजार मुल्य बढ्ने अनुमान छ ।  यता भारतिय भुमिका सयौको संख्यामा ईन्धन सहितको सवारी साधनहरु भन्सार क्लियरेन्सको अभावमा रोकिएकोले नेपाल तिरको पेट्रोल पम्पहरुमा ईन्धनको कृत्रिम अभाव देखिन थालिएको छ ।
 


यसमा तपाईको मत