• :
  • :
    • On Air
    • Up Next

समाचार

हरेक वर्ग र समुदायको अधिकार सुनिश्चित हुन्छः मुख्यमन्त्री राउत

हरेक वर्ग र समुदायको अधिकार सुनिश्चित हुन्छः मुख्यमन्त्री राउत
दीपक कर्ण ।
फागुन २७ गते,जनकपुरधाम ।
मुख्यमन्त्री लालबाबु राउतले हरेक वर्ग, लिंग, जाति, समुदायको अधिकार सुनिश्चित गरिने प्रतिबद्धता दोहराएका छन । अपांगता भएका व्यक्तीहरुको अधिकार विषयक प्रादेशिक सम्मेलनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले ऐन कानून व्यवहारमा नआएकोले समानता कायम हुन नसकेको जिकिर गरे ।समाजको समग्र विकासको लागि हरेक वर्ग, लिंग, जाति, समुदायको अधिकार सुनिश्चित हुनुपर्ने तर्क उनको थियो ।
ऐन कानून व्यवहारमा आएको छैन, उनले भने–यसैले क्षमतावान व्यक्तीले पनि हकअधिकारबाट बञ्चित छन् ।अपांगता भएको व्यक्तीको हकअधिकार सुनिश्चित गर्नको लागि प्रदेश सरकार हरसम्भव प्रयास गर्ने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे ।हरेक वर्ग, लिंग, समुदाय, जातिको मुद्दाको पहिचान नभएकैका कारण हकअधिकार स्थापित हुन नसकेको उनको भनाई रहेको थियो । उनले सबैको हकअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै यसमा सहयोगको लागि सबैमा आग्रह समेत गरे ।
राष्ट्रिय मानव अधिकार आयोग जनकपुरधामले आयोजना गरेको प्रादेशिक भेलाको उद्घाटन सत्रमा प्रदेश सभा सदस्य रामअशिष यादवले आवाजविहीनको आवाज बन्नको लागि मानवअधिकार आयोग र संचारकर्मीहरुलाई आग्रह गरेका थिए ।उनले भनेः संविधान अपांग मैत्री रहेको मलाई लाग्दैन ,संघर्ष प्राप्तीका लागि वुद्धिमता पुर्वक अनुशासीत भएर परिवर्तनका लागि अगाडी बढनुपर्ने सुझाव समेत दिए ।
राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधामका अध्यक्ष दिपेन्द्र सिंहको अध्यक्षतामा सुरु भएको दुइ दिने प्रदेशीक सम्मेलन कार्यक्रमको पहिलो दिन राष्ट्रिय अपाङग महासंघ का अध्यक्ष सुर्दशन सुवेदीले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्वन्धमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता र कार्यान्वयनको अवस्थाको वारेमा प्रस्तुतीकरण दिएका थिए भने राष्ट्रिय मानवअधिकार आयोगका सचिव वेद प्रसाद भटराई,समाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा।किरण रुपाखेती,महिला विकास अधिकृत मिरा मिश्र र अपांग महासंघका अधयक्ष सुर्दशन सुवेदीले संयुक्त रुपमा अपांगता भएका व्यक्तिहरुको मानव अधिकार कार्यान्वयनका चुनौतीहरुमा  कसरी र जिम्मेदवार को सम्वन्धमा खुल्ला छलफल चलाएका थिए । कार्यक्रमको पहिलो दिन राष्टिय अपांग  महासंघका केन्द्रिय सदस्य शतिस झा,राष्टिय मानवअधिकार आयोगका वीर वहादुर बुढा मगर अपांगता भएका व्यक्तिहरुको मानवअधिकारको अवस्थाको वारेमा प्रस्तुती गरेका थिए । कार्यक्रमको दोस्रो दिन अर्थात सोमवार जनकपुरधाम घोषणापत्र जारी गर्दै समापन गरिने जनाइएको छ ।
 


यसमा तपाईको मत