• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

धनुषामा ' डिजे' ले लियो 'जीतनी देवी' को ज्यान

धनुषामा ' डिजे' ले लियो 'जीतनी देवी' को ज्यान
 फागुन २८ गत्ते ,धनुषा, ।
धनुषामा डिजे प्रतिबन्ध गरिएपनि डिजेकै कारण एक महिलाको ज्यान गएको छ । 
 
आईतबार साँझ करिब ५ बजेको समयमा धनुषाधाम नगरपालिका वडा नं। ५ उत्तरबारी टोल नौसय विघा बस्ने महादेव महतोकी ४६ बर्षिय श्रीमति जितनी देवी महतोको ज्यान गएको हो । 
चर्को स्वरमा बजिरहेको डिजेको कारण हृदयघात (Hear Attack)भई महतोको मृत्यू भएको प्रहरी चौकी उमाप्रेमपुरले  भने । 
स्थानीय बाला सादा मुसहरको छोरीको बिहेमा चर्को स्वरमा बजाएको डिजेका कारण महतोको  हृदयघात भएको जनाइएको छ । 
धनुषाधाम नगरपालिकामा सम्पन्न परिषदबाट नगरपालिका भित्र डिजे प्रतिबन्ध गरिएको छ । 
यता, धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले भने त्यो घटनालाई भविततव्य सँज्ञा दिँदै जनचेतना विस्तारै फैलिने बताए । 
सुचनाहरु ठाउँठाउँमा जारी गरिसकेका छौँ, माईकिँग, बैनर र अन्य माध्यम पनि अपनाइरहेका छौँ, यसको लागि स्थानीय प्रशासन र युवाहरु तथा स्थानीयवासीको सहयोग बीना सम्भव छैन त्यति  उनले भने । 
जिल्ला प्रशासन कार्यालय धनुषाले डिजेमा प्रतिबन्ध लगाएपनि जतातत्तै डिजेको विगविगी रहेको छ । 
साभारःन्यूज ब्यूरो


यसमा तपाईको मत