• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

चारबुँदे सहमतिपछि टीकापुर घटनाका अभियुक्तको अनशन तोडियो

चारबुँदे सहमतिपछि टीकापुर घटनाका अभियुक्तको अनशन तोडियो
फागुन २८गत्ते,कैलाली ।
कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् ।
टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन ।
कैलाली(१ बाट निर्वा्चित भएका रेशम चौधरीको सपथका लागि सम्बन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्िर्तका लागि १५ दिन भित्र सम्वोधन गरिनुपर्ने सर्त राखेर उनीहरुले अनशन तोठेका छन् ।
१५ दिन भित्र आफ्ना माग पूरा नभऐ पुनः आमरण अनशन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
रेशम चौधरीलाइ सपथ दिलाइनुपर्ने, टीकापुर घटनामा थुनिएका सवैलाइ रिहा गरिनुपर्ने मागसहित कैलाली कारागारमा टीकापुर घटनामा पक्राउ परेका २४ जना फागुन २० गतेबाट आमरण अनशनमा बसेका थिए ।
 


यसमा तपाईको मत