• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

मलेसिया र खाडीका देश सुरक्षित रोजगार गन्तव्य बनाउन पर्छ –बाबुराम भट्टराई

मलेसिया र खाडीका देश सुरक्षित रोजगार गन्तव्य बनाउन पर्छ –बाबुराम भट्टराई
फागुन २८गत्ते, काठमाडौं । 
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले मलेसिया सहित खाडीका देशलाई सुरक्षित वैदेशिक रोजगारको गन्तव्य बनाउनुपर्ने बताउनुभएको छ । 
इन्डोनेसियामा भएको एक सम्मेलनमा भाग लिन आएका संयोजक भट्टराईले मलेसियामा कार्यरत नेपाली कामदारसँग अन्र्त्क्रिया गर्दै गन्तव्य देशमा रहेका नेपाली कामदारको समस्या समाधानमा गम्भिर भएर लाग्ने बताउनुभयो ।
अन्र्त्क्रियामा सहभागी कामदारले दूतावासको कार्यशैली राम्रो नभएको गुनासो गरेका थिए । श्रमिकको गुनासो सम्बोधन गर्दै कार्यवहाक राजदूत कुमारराज खरेलले श्रमिकको गुनासो अनुसार दूतावासको सेवामा सुधार्दै लैजाने बताउनुभयो ।
सिमित स्रोत साधनका कारण सोचेअनुसार काम नभएपनि दूतावासले कामदारकै हितका लागि काम गरिरहेका उहाँको भनाई थियो । इन्डोनेसियाको कार्यक्रम सकेर संयोजक भट्टराई शनिबार मलेसिया आउनुभएको हो ।
संयोजक भट्टराईले मलेसियामा दूतावासका कर्मचारी, व्यापारी र विभिन्न संघसंस्थाका प्रतिनिधिसँग भेटेर मलेसियामा रहेका नेपाली कामदारका समस्या र अवस्थाको बारेमा छलफल गर्नुभएको थियो ।
उहाँले मलेसियाको केलाङ्गमा रहेको टप ग्लोभ कम्पनीमै पुगेर निरीक्षण पनि गर्नुभएको थियो । यो कम्पनीमा झण्डै पाँचहजार नेपाली कार्यरत रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । साथै उहाँले मलेसियामा व्यापार गरिरहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गर्नुभएको छ ।  
 

 



यसमा तपाईको मत