• :
  • :
    • On Air
    • Up Next

समाचार

बिहेको गाडी दुर्घटना, डेढ दर्जन जन्ती घाइते

बिहेको गाडी दुर्घटना, डेढ दर्जन जन्ती घाइते
फागुन २८गत्ते, सिन्धुली ।
सिन्धुलीको मरिण गाँउपालिका वडा नम्बर–६, कपिलाकोटमा जन्ती बोकेर हिँडेको गाडी दुर्घटना हुँदा डेढ दर्जनभन्दा बढी जन्ती घाइते भएका छन् ।
मरिण गाँउपालिका–३, नक्कलीबाट गएराति १ बजे इन्द्र माझिको बिहेको जन्ती बोकेर सुनसरी जिल्ला हिडेको बा ३ ख ४८५७ नम्बरको बस कपिलाकोटमा दुर्घटना हुँदा डेढ दर्जनभन्दा बढी जन्ती घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक जयदेव माझीका अनुसार बेहुला इन्द्र भने सकुसल छन् । 
दुर्घटनामा ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि सदरमुकाम सिन्धुलीमाढी पठाइएको प्रहरीले जनाएको छ ।
३५ जना जन्ती बोकेर छुटेको उक्त गाडी लिग छाडेर सडकबाट करिब तीन फिट तल खेतमा खसेको छ । गाडी चालक सुमन थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्को गाडी खोजेर जन्तीहरु बेहुली लिन सुनसरी हिँडिसकेको प्रहरीले जनाएको छ ।
 


यसमा तपाईको मत