• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

अमेरिकामा हेलिकोप्टर दुर्घटना स् दुईको मृत्यु, तीन घाइते

अमेरिकामा हेलिकोप्टर दुर्घटना स् दुईको मृत्यु, तीन घाइते
फागुन २८गत्ते न्युयोर्क । 
अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको ज्यान गएको समाचार छ ।
सो दुर्घटनामा परी अरु तीन जना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्य मात्र घाइते भएका बताइएको छ ।
उक्त सानो हेलिकोप्टरमा पाइलटसहित छ जना मात्र सवार रहेका थिए । हेलिकोप्टर न्युयोर्कको पूर्वतर्फको नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
निजी कम्पनीको हेलिकोप्टरलाई केही व्यक्तिले फोटो खिच्ने प्रयोजनका लागि भाडामा लिएर उडाएको अनुमान गरिएको छ । तर यस विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन ।
प्रहरीले यस हेलिकोप्टर दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । 
 


यसमा तपाईको मत