• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

​श्रीलंकालाई भारतले ६ विकेटले हरायो,चम्किए शार्दुल

​श्रीलंकालाई भारतले ६ विकेटले हरायो,चम्किए शार्दुल
फागुन २९ गत्ते ।
श्रीलंकामा भैरहेको टी–ट्वेन्टी त्रिकोणात्मक श्रृङ्खलाको चौथो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको छ । 
टस जितेर पहिले भारतले फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंककाले १९ ओभरमा ९ विकेट गुमाउँदै १५२ रनको बनाएको थियो । 
१५३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४ विकेट गुमाउँदै १७ ओभर ३ बलमा नै जित हासिल गर्यो । सुरुमै कप्तान रोहित शर्मा र शिखर धवनलाई गुमाएको भारतललाई नटआउट रहँदै मनिष पान्डे (४२) र दिनेश कार्तिक (३९) ले सहजै जितको बाटोमा पुर्याए । 
 
रोहित शर्मा ११ रनमै धनन्जयको बलमा क्याचअआउट भएका थिए । त्यसपछि सुरेश रैना र केएल राहुलले भारतीय पारी सम्हाल्न खोजे पनि लामो समय टिक्न सकेनन् । सुरेश रैना २७ रन र राहुल १८ रन बनाएर आउट भए । 
 
श्रीलंकामा भैरहेको यो त्रिकोणीय श्रृङ्खलामा भारतको यो दोस्रो जित हो । पहिलो खेल श्रीलंकासँगै हारेको भारतले दोस्रो खेलमा भने बंगलादेशलाई हराएको थियो । 
श्रीलंकाका लागि मेन्डिसले सर्वाधिक ५५रन, उपल थरंगाले २२ रन तथा गुणतलिकाले १७ रनको योगदान दिए । 
भारतका लागि शार्दुल ठाकुरले उत्कृष्ट बलिङ गरे । उनले २७ रन दिएर चार विकेट लिए । उत्कृष्ट बलिङ गरेका ठाकुर म्यान अफ् द म्याच पनि घोषित भए । 
 


यसमा तपाईको मत