• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

विमान दुर्घटनामा परेका बंगलादेशीहरूका परिवारलाई विशेष विमानमा काठमाडौं ल्याइयो

विमान दुर्घटनामा परेका बंगलादेशीहरूका परिवारलाई विशेष विमानमा काठमाडौं ल्याइयो
फागुन २९ गत्ते,काठमाडौं ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा परी ज्यान गुमाएका बंगलादेशी नागरिकहरूका परिवारजनलाई एक विशेष विमानमा काठमाडौं ल्याइएको छ ।
उक्त विशेष विमानमा दुर्घटनामा परेकाहरूका ४६ नातेदार र यूएस–बंगला एयरलाइन्सका सात अधिकारीहरू रहेका थिए । त्यो विमान स्थानीय समयअनुसार बिहान ९ बजेर २ मिनेट जाँदा हजरत शाहजलाल विमानस्थलबाट उडेको थियो ।
सोमवार भएको यूएस–बंगला विमान दुर्घटनामा  ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परि २२ जना घाइते भएका थिए। घाइतेहरु मध्ये गम्भिर घाइते चालक दलका एकजना सदस्य आबिद सुल्तानको मृत्यु भएको छ । घाइतेहरुको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
 


यसमा तपाईको मत