• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi songs

समाचार

प्रदेश २ मा सेनाको नया प्रयोग, मधेशी तराई मुल तथा भुतपुर्व सैनिकका छोराछोरीलाई छनौट पुर्व तयारी प्रशिक्षण

प्रदेश २ मा सेनाको नया प्रयोग, मधेशी तराई मुल तथा भुतपुर्व सैनिकका छोराछोरीलाई छनौट पुर्व तयारी प्रशिक्षण
रंजन भण्डारी
फागुन २९ गत्ते,महोत्तरी ।
 
प्रदेश २ मा नेपाली सेनाले नमुनाको रुपमा सैन्य भर्ना छनौट तयारी प्रशिक्षण संचालन गरेको छ । यहा मधेशी मुलका युवा युवतीलाई समेत नेपाली सेनामा आकर्षित गर्न तथा छनौट प्रकृयामा सरलता र सहजता ल्याउन प््रादेशको आठै जिल्लामा सैन्य भर्ना छनौट तयारी सम्बन्धि प्रशिक्षण दिईएको हो । प्रशिक्षणमा मधेशी मुलका युवा युवतीलाई समेत नेपाली सेनामा भर्तीहुन सहजता पुग्ने र सेनामा जागिर खान सकिन्छ भन्ने हौसला वढाउन नमुनाको रुपमा प्रशिक्षण दिइएको हो ।
 
विगतको भर्नाको समय कोटा खाली जाने वा कोटा भन्दा न्युन छनौट हुने भएपछि श्री मध्यपुर्वी पृतना हेडक्वाटरले यस्तो प्रशिक्षण सुरु गरेको हो । हेडक्वाटरले प्रयोग सफल भए यसलाई निरन्तरता दिने बताएको छ । सेनामा सम्पुर्ण लाई भर्ना हुन समान अधिकार र भर्ना प्रकृया समावेशी भएको समेत यसले दर्शाएको छ । विगतमा नेपाली सेनामा मधेशीलाई जागिर नदिने लगायतका विभिन्न विवादलाई पछाडी पार्दै नेपाली सेनाले समावेशी तर्फ को ४५ प्रतिशत आरक्षित कोटालाई लक्षित गर्दै यो कार्यक्रम अघि सारेको छ । मध्यपुर्वी पृतनाले नेपाली सेनामा पहिले देखि नै मधेशीको विशेष स्थान रहेको र मगर,गुरुंग तथा मधेशी पल्टन धेरै पहिले देखि नेपाली सेनामा रहेको बताउदै मधेशीलाई  सेनामा थप सहभागिताको लागि प्रयास थालिएको जनाए ।
 
सोहि अनुरुप प्रकौली स्थित फस्ट राईफल गणको व्यारेकमा करिव ३० जना प्रशिक्षार्थीले सेनामा भर्ना हुन प्रशिक्षण लिए । प्रशिक्षणको क्रममा लोकसेवाको तयारी कक्षा,शारिरिक तन्दुरुस्ती तथा छनौट प्रकृया वारे विशेष रुपमा प्रशिक्षण दिईएको थियो । प्रशिक्षण फागुन २२ गते देखि २९ गतेसम्म संचालन भएको थियो ।
 
प्रदेश को आठ जिल्ला मध्ये धनुषामा ९०,सप्तरी ५०,रौतहटमा ६० गरि कुल दुई सयको लागि भर्ना खुलेकोमा झण्डै एक हजार दुईसय भन्दा वढी आवेदन परेको र सो मध्ये आठै जिल्ला मिलाएर ३८० जनाले प्रशिक्षण लिएका छन ।
 
पुर्व रक्षा मन्त्री भण्डारी खुशी
 
पुर्व रक्षा मन्त्री तथा प्रतिनिधी सभा सदस्य शरत सिंह भण्डारीले नेपाली सेनामा मधेशीलाई सहजताको लागि चालिएको कदमलाई सकारात्मक लिएका छन । उनले मधेशीको सेनामा सामुहिक प्रवेशको आवाज उठाउदा पद नै छोड्नु पर्ने भएपनि अहिले मधेशको मर्मलाई आत्मसात गर्दै नेपाली सेनाले प्रशिक्षणको माध्यमले चालेको कदम प्रशंसनिय भएको बताए ।
 

 



यसमा तपाईको मत