• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

राष्ट्रियसभा बैठक बस्दै, अध्यक्षमा तिमिल्सिना निर्वा्चित भएको घोषणा हुने

राष्ट्रियसभा बैठक बस्दै, अध्यक्षमा तिमिल्सिना निर्वा्चित भएको घोषणा हुने
फागुन ३०गत्ते,काठमाडौं । 
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वा्चित भएको औपचारिक घोषणा बुधबार हुँदैछ ।
अध्यक्ष पदका लागि सोमबार भएको मनोनयन दर्तामा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो । त्यसैले उनी राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वा्चित भएको घोषणा बुधबारको बैठकबाट गर्न लागिएको हो ।
त्यसका लागि बुधबार दिउँसो एक बजे राष्ट्रियसभाको बैठक बोलाइएको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई(दुई जना र राष्ट्रपतिबाट मनोनित तीन जना सदस्य छन् ।
यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रियसभाको अध्यक्ष पुरुष निर्वा्चित भइसकेकाले अब उपाध्यक्ष महिला हुनुपर्ने छ । राष्ट्रियसभाको अध्यक्ष एमालेले पाएकाले उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको छ । यद्यपि संघीय समाजवादी फोरमले पनि यसमा दावी गरेको छ ।
फाईल फोटो


यसमा तपाईको मत