• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

दोस्रो कार्यकालका राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित, सपथ आज ४ बजे

दोस्रो कार्यकालका राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित, सपथ आज ४ बजे
फागुन ३०गत्ते,काठमाडौं । 
राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वा्चित भएकी छन् । उनको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ ।
राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।
निर्वाचक मण्डलमा संघीय संसदसँगै प्रदेशसभा सांसदहरु पनि मतदाता थिए । संघीय सांदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ तोकिएको थियो ।
वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वा्चित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मत पाइन् । उनलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए ।
कांग्रेस उम्मेदवार राईले भने ११७३० मत पाएकी छन् । उनलाई ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् ।
८ सांसदको मत बदर
निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । तर, तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने दबर भएको छ ।
संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।
राष्ट्रियसभामा मनोनित तीन सांसद मतदाता नै थिएनन् भने जेल सजाय पाएपछि फरार रहेका प्रदेशसभा सांसद दिपक मनाङ्गे मतदाता नै हुन पाएनन् ।
कांग्रेसको असहमति जाहेर
भण्डारी ११ कात्तिक २०७२ मा नेपालको दोस्रो राष्ट्रपतिमा निर्वा्चित भएकी थिइन् । २ वर्ष बढी राष्ट्रपति रहेकी उनी कार्यकालको अन्त्यतिर भने विवादमा परिन् ।
नयाँ सरकार बन्नुअघि शेरबहादुर देउवा सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सिफारिस गरेका तीन जनाको नाम अड्काएपछि उनीमाथि दलगत आस्थाका आधारमा सरकारसँग व्यवहार गरेको आरोप लागेको हो । कांग्रेसले त्यही कारण हार्ने चुनाव लडेर आफ्नो असहमति जाहेर गरेको छ ।
भोजपुर मानेभञ्याङमा जन्मिएकी भण्डारी राष्ट्रपति हुनु अघि एमाले उपाध्यक्ष थिइन् ।
अस्तिको तीतो अनुभवले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुहोला र भन्ने आशंका बोकेर राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने अवस्था छ’ कांग्रेस सांसद गगन थापाले भने, ‘सबैको राष्ट्रपति बन्न सक्नुहुन्छ कि हुन्न उहाँको भूमिका निर्धारण गर्छ ।’
सपथ आज ४ बजे
नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । 
राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ बजेका लागि तय भएको हो ।
राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ ।
राष्ट्रपति भण्डारी मंगलबार नै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वा्चित हुनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।
 


यसमा तपाईको मत