• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

विमान दुर्घटना आयोगले काम थाल्यो, अडियो सार्वजनिक भएकामा आपत्ति

विमान दुर्घटना आयोगले काम थाल्यो, अडियो सार्वजनिक भएकामा आपत्ति
फागुन ३० गत्ते,काठमाडौँ ।
यूएस बंगला विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले काम थालेको छ । सरकारले सोमबार पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय आयोग गठन गरेको थियो । 
‘आयोगले  काम थालिसकेको छ,’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मंगलबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आयोगले दुर्घटना अनुसन्धान गर्दा आवश्यकताअनुसार विज्ञको पनि सहयोग लिनेछ। आयोगलाई १ सय ५० दिनको समय दिइएको छ। 
यसैबीच कान्तिपुर लेख्छ(  एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीच भएको सवांदको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ। प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत उजुरी दिएको छ। 
 


यसमा तपाईको मत