• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

विमान दुर्घटनाका मृतकको शवको पोस्टमार्टम गर्न यसकारण जटिल

विमान दुर्घटनाका मृतकको  शवको पोस्टमार्टम गर्न यसकारण  जटिल
फागुन ३० गत्ते,काठमाडौँ ।
युएस–बंगला विमान दुर्घटनामा जलेका शवको पोस्टमार्टम गर्न चिकित्सकलाई समस्या भएको छ । विमान दुर्घटनापछि आगलागी हुँदा नराम्ररी जलेका शव पहिचान गर्नै नसकिने अवस्थामा रहेकाले पोस्टमार्टमा जटिलता थपिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विभाग प्रमुख डा. प्रमोद श्रेष्ठले जानकारी दिए ।
पोस्टमार्टम विभाग प्रमुख डा. हरिहर वस्तीसहितको टोलीले मंगलबार दिनभरीमा ११ शवको पोस्टमार्टम गरिसकेको छ । ‘दुर्घटनामा ज्यान गुमाएका ५० मध्ये ११ को पोस्टमार्टम भएको छ । तर उनीहरुको सनाखत गर्न समस्या भएको छ’, डा श्रेष्ठले भने, ‘शव नराम्ररी जलेका छन्, पहिचान गर्ने उपाय खोज्दैछौँ, महिला र पुरुष छुट्याउन पनि समस्या भएको छ ।’ अन्नपूर्ण पोस्टमा खबर छ |
 


यसमा तपाईको मत