• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

परिवर्तनकारीहरु एकजुट हुँदा शक्तिको स्वर्गमा भूकम्पः प्रचण्ड

परिवर्तनकारीहरु एकजुट हुँदा शक्तिको स्वर्गमा भूकम्पः प्रचण्ड
फागुन ३० गत्ते,काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले पाएको विश्वासको मत र राष्ट्रपति निर्वाचनसँगै राष्ट्रिय एकता अझ मजबुत भएको टिप्पणी गरेका छन् ।
हिमाल, पहाड र मधेसको बलियो एकता कायम गर्दै अब राष्ट्रिय एकता सुदृढ गर्ने क्रम आरम्भ भएको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेशसभाका सांसदहरुको सम्मानमा आयोजना गरेको चियापानमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्र एकढिक्का हुँदै गएको बताए । उनले मञ्चमै रहेका महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवको नाम लिँदै दुई तिहाई बहुमत देशको सम्मृद्धि र राष्ट्रिय एकताको लागि भएको बताए ।
 
प्रचण्डले भने ‘प्रधानमन्त्रीले पाएको विश्वासको मत वा राष्ट्रपति चुनावमा जसरी दुई तिहाई भन्दा बढी मत आएको छ, हाम्रो गठबन्धन अझ राष्ट्रिय एकता बलियो बनाउन चाहन्छ । यतिनै बेला अर्को पक्ष यो प्रक्रिया अवरुद्ध गर्न चाहन्छ, त्यसप्रति हामी सचेत हुनुपर्छ । हाम्रो दुई तिहाई सामाजिक न्याय, राष्ट्रिय एकता र सम्मृद्धिको लागि हो ।’
प्रचण्डले परिवर्तनकारी शक्तिहरु एकजुट हुँदा केही शक्तिको स्वर्गमा भूकम्प गएको टिप्पणी गरे । अहिलेको गठबन्धनमा अन्तरविरोध सिर्जना गर्न नियोजित रुपमा गलत प्रचार भइरहेको उनले बताए । १० वर्षअघि एउटा सन्दर्भमा आफूले बोलेका कुराहरुलाई अहिले सामाजिक सन्जालमा भाइरल बनाइएको प्रचण्डले बताए ।
प्रचण्डले अहिले नियोजित रुपमा विभिन्न घटनाहरु गराउन थालिएको भन्दै त्यसप्रति गम्भीर बन्नुपर्ने बताए ।
प्रचण्डले भने ‘जनप्रतिनिधिमाथि हमला शुरु भएको छ, कैलालीमा । भैरहवामा एकजना व्यवसायीमाथि फेरि हमला भयो । ठाउँ ठाउँमा जनप्रतिनिधिमाथि हमला गर्ने योजनाको कुरा हामीले सुनेका छौं । जनताका प्रनिनिधिले जनताको पक्षमा काम गर्न लाग्दैगर्दा श्रृंखलाबद्ध हमलाको योजना गम्भीर कुरा हो ।’
 


यसमा तपाईको मत