• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

चोलेन्द्र शमशेरबाहेक अरु न्यायाधीशको इजलास तोकियो

चोलेन्द्र शमशेरबाहेक अरु न्यायाधीशको इजलास तोकियो
फागुन ३० गत्ते,काठमाडौं ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले इजलास बहिष्कार गरेका न्यायाधीशहरुलाई इजलास तोक्नु भएको छ । तर चोलेन्द्रशमशेर जवराको इजलास भने तोक्नु भएको छैन । मंगलबार इजलास बहिष्कार गरेका न्यायाधीशहरु दिपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईलाई बुधबार इजलास तोकिएको छ ।
प्रधानन्यायाधीश पराजुलीले श्रेष्ठलाई १ नम्बर इजलास तोक्नु भएको छ भने कार्की र खतिवडालाई ८ नम्बर इजलास तोक्नु भएको छ । त्यस्तै भट्टराई र मल्ललाई ९ नम्बर इजलास तोक्नु भएको छ भने सिन्हा र राउतलाई १० नम्बर इजलास तोकिएको छ । पराजुलीले आफ्नो एकल इजलास समेत तोक्नु भएको छ ।
प्रधानन्यायाधीशको वैधतामाथि प्रश्न उठाएर ९ जना न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् । इजलास बहिष्कार गर्दै आएका न्यायाधीहरुले आज पनि बहिष्कार गर्ने सम्भावना छ ।
 


यसमा तपाईको मत