• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

रामचन्द्रको उद्घोषःप्रतिपक्षमै बसेर सरकारलाई घुँडा टेकाउने हो

रामचन्द्रको उद्घोषःप्रतिपक्षमै बसेर सरकारलाई घुँडा टेकाउने हो
फागुन ३० गत्ते,काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् ।
पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । ‘प्रतिपक्षीको भूमिकाबाटै सरकारको घुडा टेकाउने हो । कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सकिन्छ ‘ पौडेलले भने ।
उनले कांग्रेसका सांसदहरु संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै संसद सदस्यहरुको काँधमा रहेको टिप्पणी गरे । सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएको पौडेलको भनाइ छ ।
‘सुविधाजनक मत हुँदाहुँदै किन दुई तिहाइ मागियो रु यसलाई गम्भीर रूपमा लिएका छौं’ उनले भने । पौडेलले राष्ट्रियसभा सदस्य नियुक्तिमा राष्ट्रपतिको भूमिकाको पनि आलोचना गरे ।
‘राष्ट्रियसभा भन्दा पहिले किन सरकार गठन गरियो रु निर्वाचन आयोगले त पहिले राष्ट्रिय सभा भनेकै थियो’ उनले भने ‘तर, राष्ट्रपतिले रोकेर सरकार गठन गरी राष्ट्रिय सभालाई पछि पूर्ण ता दिइयो ।’
 
बरिष्ठ नेता पौडेलले सरकारले प्रधान न्यायाधीस गोपाल पराजुलीलाई महाअभियोग लगाए त्यसको प्रतवाद गर्ने संकेत गरेका छन् । ‘अहिले महाअभियोगको कुरा आएको छ,’ उनले भने, ‘खबरदार महाअभियोग लगाउन पाइदैन ।’
सरकारका गतिविधिहरूले सर्बसत्तावाद लाद्न खोजेको भन्दै नेता पौडेलले सरकारले न्यायलय र संविधानलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाए ।
पार्टी कार्यालय सानेपामा  सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका थिए ।
उद्घाटन कार्यक्रममा कांगब्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छादार, महामन्त्री सशांक कोइराला लगायत नेता तथा प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरूको उपस्थिति रहेको थियो ।
 


यसमा तपाईको मत