• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

समाचार

बारम्बार हिसाव माग्दा पनि बेवास्ता गरेको भन्दै विद्यालयका प्रधानाध्यापक पदमुक्त

बारम्बार हिसाव माग्दा पनि बेवास्ता गरेको भन्दै विद्यालयका प्रधानाध्यापक पदमुक्त
चैत्र २ गत्ते, महोत्तरी ।
विद्यालय व्यवस्थापन समितिले बारम्बार हिसाव माग्दा पनि बेवास्ता गरेको भन्दै महोत्तरीको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहलाई पदमुक्त गरेको छ ।
विद्यालय व्यवस्थापन समितिले धेरैपटक छलफलमा बोलाएर हिसाव माग गर्दा पनि आफूहरुको मागको बेवास्ता गरी आफूखुशी ढंगले विद्यालय सञ्चालन गरेको भन्दै समितिले शुक्रबार प्रधानाध्यापक सिंहलाई पदमुक्त गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य महेश महतोले दिएको जानकारी अनुसार प्रधानाध्यापक सिंहलाई समितिले यसभन्दा अगाडि पनि पटक–पटक स्पष्टीकरण माग गरेको थियो ।
अहिलेकोे लागि यही विद्यालयमा राहतमा कार्यरत शिक्षक देवीप्रसाद घिमिरेलाई निमित्त प्रधानाध्यापकको रुपमा पूरा जिम्मेवारी दिएर राजकिशोर सिंहलाई पदमुक्त गरिएको जनाएको छ ।
तर, राजकिशोर सिंहले भने यही फागुन २८ गतेका दिन आफू बहिनीको विवाहमा गएको मौका छोपी राजनीतिक तवरले आफूलाई पदमुक्त गरेको दाबी गर्नुभयो ।
विद्यालयको हरेक हिसाव एक महिना अगाडि नै स्थानीय जनप्रतिनिधि समक्ष आफूले पारदर्शी रुपमै प्रस्तुत गरी अनुमोदन भइसकेको अवस्थामा आफूलाई राजनीतिक हस्तक्षेप गरी पदमुक्त गरिएको प्रधानाध्यापक सिंहले आरोप लगाउनुभयो ।
 


यसमा तपाईको मत