• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

समाचार

तोकिएको समय अबधि भित्र काम सम्पन्न भएन भने कार्बाही गर्ने हुलाकी राजमार्ग निर्देश्नालय आयोजना कार्यालयको चेतावनी

तोकिएको समय अबधि भित्र काम सम्पन्न भएन भने कार्बाही गर्ने हुलाकी राजमार्ग निर्देश्नालय आयोजना कार्यालयको चेतावनी
मिथिलाञ्चल समाचारदाता
चैत्र, ०२ गते, जनकपुरधाम ।  
हुलाकी राजमार्ग निर्देश्नालय आयोजना कार्यालय जनकपुर अन्तर्गत सडक निमार्णको कार्यमा तिब्रता दिनका लागी सुचना गरिएको छ। जनकपुरका कदम चौक—कपटौल—तिनकौरिया सडकको लागी यो कार्यालाय र निर्माण व्यबसायी श्री लामा—रमण जे भी बिच मिति २०७३—०३—३१ गते समझौता भएका थिए। उक्त समझौताको सर्त अनुसार २४ महिनामा कार्य सम्पादन गर्ने लक्ष्य लिएका थिए। हल २० महिना काम भए पनि ३० प्रतिशत मात्र काम समपन्न भएको  देखिएको र काम समपन्न गर्न तर्फ कुनै तदाकरुकता नदेखाएकोले तोकेको समयमा कार्य सम्पन्न गर्न कार्यालयले सचेत गराएको हो। 
तोकिएको समय अबधि भित्र काम सम्पन्न भएन भने ठेक्का समझौता अन्त गरि कार्बाही समेत गरिने सुचना प्रकाशित गरी जानकारी गराएको छ। 
२५ कि.मि.लम्बाई रहेको सडक निर्माणका लागी ५१ करोडमा ठेक्का दिएको हो ।२०७३ साल अषाढ ३१ गते लिएको ठेक्का २०७५साल अषाढ ११ गते सम्पन्न गर्ने लक्ष्य लिएको छ। 
 


यसमा तपाईको मत