• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

गुजरातमा छुरा प्रहार गरी तीन जनाको हत्या

गुजरातमा छुरा प्रहार गरी तीन जनाको हत्या

जेठ २ –

भारतको गुजरातमा चक्कुले हानेर तीन जनाको हत्या भएको छ । गुजरातको सुरत शहरमा लेनदेनको विषयमा विवाद हुँदा चार जनाले चक्कुले हान्दा तीन जनाको हत्या गरेका हुन् ।

यो घटना शनिबार अबेर राति भएको हो । मारिनेमा भरत तोगडिया, बालु हिराणी र अशोक पटेल रहेको प्रहरीले जनाएको छ ।शनिबार बेलुका अश्विनी कुमार रोडमा रहेको स्थानीय व्यापारी बालु हिराणीको कार्यालयमा पैसा लिन गएका चार जनाले विवाद भएपछि कार्यालयमा रहेका चार जनालाई चक्कुले हानेको प्रहरीले जनाएको छ । आक्रमणमा परि एक जना घाइते भएका छन् । आक्रमणकारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 

– एजेन्सीको सहयोगमा 



यसमा तपाईको मत